बन्द रहेका तीन उद्योग सञ्चालन गर्ने

२०८० जेष्ठ ५ गते, शुक्रबार

काठमाडौँ, ५ जेठ । सरकारले गोरखकाली रबर उद्योग लगायतका बन्द तीन उद्योग सञ्चालनमा ल्याउने भएको छ ।

सरकारले आफ्नो नीति तथा कार्यक्रममा लामो समयदेखि बन्द तथा रुग्ण उद्योगहरु सञ्चालन, खारेजी र एकीकरण वा आवस्यक व्यवस्थापनको विषयमा एक उच्चस्तरीय अध्ययन समिति गठन गर्दै बन्द तीन उद्योग सञ्चालन गर्ने घोषणा गरेको हो ।

‘पुन सञ्चालनको सम्भावना रहेका हेटौडा कपडा उद्योग, गोरखकाली रवर उद्योग र बुटवल धागो कारखानालाई सञ्चलनमा ल्याइने छ’, राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कार्यक्रम बाचन गर्दै घोषणा गरेका छन्, ‘नीजि क्षेत्रको सहकार्यमा औधोगिक ग्राम सञ्चालन गरिनेछ ।’

39 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal