सुकुम्वासीमाथि सरकारको प्रहारः नदी किनारको बस्ती खाली गराउने

२०८० जेष्ठ ५ गते, शुक्रबार

काठमाडौँ । सरकारले भूमिहिन तथा सुकुम्वासीमाथि प्रहार गर्ने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नदी किनारमा रहेका भूमिहिन तथा सुकुम्वासी वस्ती खाली गराउने बताउनुभयो । सरकारले विकल्पविहिन रुपमा भूमिहिनलाई हटाउने नीति लिने देखिएको छ ।

सरकारले काठमाडौँ उपत्यकासहितका नदी किनारका भूमिहीनलाई स्थानान्तरण गर्ने घोषणा गरेको छ । वास्तविक भूमिहीन र विपन्नलाई स्थानान्तरण गरी नदी किनारका अतिक्रमित भूमिलाई खालि गराउने घोषणा गरेको छ । यस्तै उपत्यकालगायत मुलुकका ठुला शहरको फोहोरमैलाको दिगो व्यवस्थापनको लागि नीतिगत र संस्थागत व्यवस्था गर्ने घोषणा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गरेको छ ।

41 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal