सरकारको नीति तथा कार्यक्रम पुरानै निवन्धः अध्यक्ष लिङ्देन

२०८० जेष्ठ ५ गते, शुक्रबार

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले आज ल्याएको नीति तथा कार्यक्रम पुरानै निवन्धको संज्ञा दिनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा तथा राष्ट्रिय सभाको दुवै सदनलाई प्रस्तुत गर्दै सार्वजनिक गर्नुभएको सरकारको नीति तथा कार्यक्रमले वर्तमान आर्थिक संकटलाई समबोधन गर्न नसक्ने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘सरकारको नीति तथा कार्यक्रम पुरानै निबन्ध । यो नीति तथा कार्यक्रमले वर्तमान आर्थिक संकटलाई सम्बोधन गर्न सक्दैन ।’

41 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal