भक्तपुरमा कांग्रेसको जितले २० वर्ष पछि पर्ने अवस्था भएको एमाले नेता महेश बस्नेतको दाबि

भक्तपुर । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले भक्तपुरमा नेपाली कांग्रेसले जित्नु नै कम्तिमा २० वर्ष पछि पर्ने अवस्था आएको बताउनुभएको छ ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन मध्यपुर थिमी नगर कमिटी, भक्तपुरको १ नंम्बर वडा कमिटी गठन कार्यक्रम आज बोल्दै नेता बस्नेतले जिल्लामा कांग्रेसको नेतृत्व आएसँगै एमालेको नेतृत्वमा भएका असंख्य विकास आयोजनाहरु रोकिएको र बजेट कटौती गरेको भन्दै आक्रोस जनाउनुभयो । बजेट कटौती हुनु भनेको विकासमा देशकै नमुना जिल्लाको रुपमा परिचित बनिसकेको भक्तपुरलाई पुनः विकासको अध्यारो युगमा कांग्रेसले प्रवेश गराएको आरोप लगाउनुभयो । पाँच वर्ष एमालेको नेतृत्वमा भक्तपुरले इतिहास लेखेको उल्लेख गर्दै उहाँले एमालेले विकासको नाममा ल्याएको बजेट कांग्र्रेसले कटौती गरेर खुसीयाली मनाइरहेको भन्दै आक्रोस जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘कांग्रेसले भक्तपुरमा जितेपछि के गर्यो रु एमालेले पाँच वर्षमा इतिहास लेख्यो । जुन रेकर्ड व्रेक गर्न सक्ने एमाले मात्रै हो । अरुले सम्भव छैन । एमालेले मनोहरा, हनुमन्ते करिडोरमा दुई दुई अरव पैसा ल्याएको थियो । अहिले कांग्रेसले कहाँ पुर्यो रु कांग्रेसका नेताहरुले पैसा काटेपछि खुसियाली मनाउँदैछन् रे । उनीहरु नीजि दुनो सोज्याउने कार्यमा रमाएका छन्, वियर र रक्सी खाएर रमाइलो गर्दै बसेका छन् । त्यसैले अहिले कांग्रेसले जित्नु नै भक्तपुर २० वर्ष पछि पर्यो ।’
एमालेको पाँच वर्षे कार्यकालमा जिल्लामा विकासमा आँधीबेरी आएको सविस्तार उल्लेख गर्दै उहाँले जनता भ्रममा परेकाले मानव र दानव छुट्याउन कठिन भएकाले एमालेले पराजित हुनुपरेको बताउनुभयो । एमालेले जनतालाई गरेको सेवा बुझाउन नसक्नु समस्या भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘चोरलाई फुलमाला लगाई दिएजस्तो कांग्रेसले भूमि आयोग खारेज गरेपछि उसलाई नै भोट दिएर जिताएपछि राम्रो हुन्छ रु तितो सत्य बोल्नुपर्छ, रवि लामिछानेको नौटंकीमा जनता फसे देश २० वर्ष हैन, अर्को ५० वर्ष पछि पर्छ ।’
जनताको हरेक समस्याको सारथी एमाले भएको उल्लेख गर्दै उहाँले अबका दिनमा पनि जिल्लाको विकास र समृद्धिको साथमा जनताको दुःख सुखको सारथी बन्ने प्रतिवद्धता जनाउनुभयो । कांग्रेसले जिल्लाका तीन वटै तहमा जितेको ठाउँमा गन्हाउने बनाइसकेको उल्लेख गर्दै उहाँले अबको पाँच वर्ष विताउन जनतालाई कठिन हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हात्ती लम्केको र घोडा चम्केको फरक हुन्छ । बहालवाला चम्केर केही हुनेवाला छैन, म पूर्ववाला भएपछि हात्ती लम्केपछि जे सुकै होस्, भक्तपुरको विकास र समस्या समाधान आउँछ र सवै कुराको जिम्मेवारी म लिन्छु । तपाईहरु निरास हुनुपर्ने आवश्यक छैन, तपाईहरुको साथमा हामी छौं, एमाले छ । जित्ने हरायो, हार्ने हामीले बजेट व्यवस्थापन गर्नुपरेको छ । त्यसैले हामी ज गर्छौ जनताको हितमा गर्छौ । आगामी निर्वाचनमा तीनवटै तहमा एमालेको जीत सुनिश्चित हुने गरि आजदेखी नै लाग्नुस् । पाँच महिनामा गन्हाउने भइसक्यो । अब पाँच वर्ष कसरी विताउने होला रु’
कर अधिकृत, प्रहरी, सिडिओदेखी अन्य कर्मचारीलाई कांग्रेस माओवादीले घुस खाएर सरुवा गर्ने गरेको खुलासा गर्दै नेता बस्नेतले उक्त कुराहरु जनतालाई बुझाउनुपर्नेमा जोड दिनुभयो । घुस खाएर कर्मचारी सरुवा गरेकै कारण कर ४ गुणा कम उठेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘एमाले हुँदा ७।२ प्रतिशत आर्थिक वृद्धि भएको थियो । अहिलेको सरकारको पालामा आर्थिक वृद्धिदर २ प्रतिशत पनि छैन ।’
कार्यक्रममा एमाले जिल्ला सदस्य बागमती प्रदेश प्रदेश सभा सदस्य सुकन्तला श्रेष्ठ नेपाल, राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठनको केन्द्रीय सदस्य भक्तपुर जिल्ला ईन्चाज मनहरी कार्की, जिल्ला अध्यक्षा रञ्जन खड््का, सचिव दिनेश थापा, कोषाध्यक्ष दिल्ली बहादुर खत्री र नेकपा एमाले मधयपुर नगर कमिटी अध्यक्ष सुर्यलाल श्रेष्ठ, नेकपा एमाले मध्यपुर १ वडा कमिटी अध्यक्ष अनिल हेक्काको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन १ न वडा कमिटी रमेश दाहालको नेतृत्वमा ११ जना कमिटी गठन भएको छ ।