बजारमा थपियो नयाँ राइड शेयरिङ प्लेटफर्म ‘आयो’,

२०८० जेष्ठ ६ गते, शनिबार

काठमाडौं । नेपाली बजारमा नयाँ राइड शेयरिङ प्लेटफर्म थपिएको छ । बुधबार चितवनमा एक कार्यक्रम आयोजना गर्दै भरोसा नेटवर्किङ प्रालिले अटोरिक्सा र मोटरसाइकलबाट राइड शेयरिङ सेवा दिन ुआयोु एप सार्वजनिक गरेको हो ।

काठमाडौं र चितवनमा एकसाथ सेवा सञ्चालन गरेको कम्पनीले जनाएको छ । यसअघि बेटा भर्सनमा उपलब्ध ुआयोु एप औपचारिक रूपमा सार्वजनिक भइसक्दा ४७५ ओटा मोटरसाइकल र १२५ ओटा अटोले सेवा दिइरहेको कम्पनीको दाबी छ ।

त्यस्तै हालसम्म यो प्लेटफर्मबाट दुई हजार ७०० बढीले सेवा लिइसकेको कम्पनीले जनाएको छ । एपबाट राइड बुक गरेको १० मिनेटभित्र सवारी सेवाग्राहीसम्म पुग्ने कम्पनीले दाबी गरेको छ ।

त्यस्तै बाइकको प्रतिकिलोमिटर १८ रुपैयाँ र अटोको प्रतिकिलोमिटर ५४ रुपैयाँ भाडा तोकिएको छ ।

कम्पनीका अनुसार आयोको राइड शेयरिङ सेवा चौबिसै घण्टा सञ्चालन हुनेछ ।

यसैगरी एपमा अत्यावश्यक परिस्थितिका लागि ुइमर्जेन्सी एसओएस बटनु, एपमा च्याट फिचर, कस्टमर रिफरल, रियल(टाइम ईटीए प्रिडेक्सन जस्ता सेवा रहेका छन् ।

एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् ।

यसैगरी राइड शेयरिङ दिन चाहने राइडरले यहाँ क्लिक गरेर एन्ड्रोइड एप र यहाँ क्लिक गरेर आईओएस एप डाउनलोड गर्न सक्छन् ।

प्रोमोकोड ‘ब्थ्इछछग्’ प्रयोग गर्दा पहिलो पाँच राइडसम्म ७० प्रतिशत छुट र पाँच राइडपछि प्रोमो कोड ‘ऋज्क्ष्त्ध्ब्ल्द्दछग्’ प्रयोग गर्दा प्रत्येक राइडमा २५ प्रतिशत छुट पाउन सकिने कम्पनीले जनाएको छ ।

41 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal