दोलखा चेसमा भारतीय खेलाडीको दबदबा

२०८० जेष्ठ ७ गते, आईतवार

दोलखा । पूर्व मन्त्री भीमबहादुर तामाङको स्मृतिमा दोलखा चेस होम नेपाल दोलखाको आयोजना तथा भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको सहयोगमा दोलखा खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन दोस्रो र तेस्रो चरणको खेल सम्पन्न हुँदा भारतीय खेलाडीहरुको वर्चस्व रहेको छ ।

भारतका धनविर सिंयादव, ईन्द्रजीत महिन्द्राकार, कृष्ण कमार, मोहित कुमार सोनी , प्रियान्सु बरौरा, अंकित नारायण विस्वास, अनुभव गप्ता, राहुल सोराम सिंहले ३ अंक जोडेका छन् । त्यसैगरि नेपालका राजन पुरी, पुर्व नेपाल च्याम्पियन नवीन तण्डकार, सुशुरत दाहाल, श्री कृष्ण श्रेष्ठ, पुरुषोत्तम सिलवालले पनि ३ अंक रहेको छ।

श्रीलंकाका वोमेन आइएम सचिन रणेसिंघे नेपालका पुर्व नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईं , आशिष् फुयाल , भारतका कुमार गौरव, अनुष्का गुप्ताले साढे २ अंक सहित संयुक्तरूपमा दोस्रो स्थानमा रहेका छन्। दोलखा चेस होम नेपालको आयोजनामा भइरहेको प्रतियोगितामा नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवालको २ अंक रहेकोछ । उनी तेस्रो चरणको खेलमा भारतका मोहित कुमार सोनीसंग पराजित भएका थिए ।

पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली , सरोज महर्जन , राजन सुवेदीले पनि २ अंक जोडेका छन् । दोलखाको चरिकोट स्थित कालिन्चोक माध्यमिक स्कूलमा संचालन भइरहेको प्रतियोगितामा नेपाल, भारत, श्रीलंका र अमेरिका गरि १ सय ४८ खेलाडीहरुको सहभागीता रहेको छ ।

52 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal