वनको डढेलो बस्तीमा सर्दा ११ घर नष्ट
२०८० जेष्ठ ८ गते, सोमबार

प्युठान । वनमा लागेको डढेलो बस्तीमा पस्दा ११ घर जलेर नष्ट भएका छन्। प्युठानको स्वर्गद्वारी नगरपालिका–२ धनवाङस्थित जंगलमा लागेको डढेलो बस्तीमा पसे पछि ११ घर जलेर नष्ट भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार साँझ नजिकको धाइरेनी सामुदायिक वनमा सल्किएको आगो नजिकको मानवीय बस्तीमा पस्दा ११ घर तथा ८ गोठ जलेर नष्ट हुन पुगेका हुन्।
सामुदायिक बनमा लागेको डढेलो बस्तीमा पस्दा घर र गोठ जले पनि मानवीय क्षतिको भने कुनै जानकारी प्राप्त भइसकेको छैन। यद्यपि, स्थानीयसहित नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा आगलागी नियन्त्रण लिइएको छ। सो आगलागीबाट कति क्षति भयो ? त्यसको मूल्याङ्कन गर्ने कार्य भइरहेको छ।
14 Views