बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ
२०८० जेष्ठ ८ गते, सोमबार

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली घर भई हाल काठमाडौँ महानगरपालिका–१० बस्ने ५२ वर्षीय हेमकुमार श्रेष्ठ रहेका छन् ।
उच्च अदालत पाटनले गत वैशाख १ गते श्रेष्ठलाई ६ लाख जरिवाना, २४ हजार क्षतिपूर्ति तथा दुई दिन कैद गर्ने फैसला गरेको थियो । त्यसयता फरार रहेका उनलाई काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो । उनलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
16 Views