युभेन्ट्सको पुनः १० अंक कटौती

२०८० जेष्ठ ९ गते, मंगलवार

एजेन्सी । इटालियन क्लब युभेन्ट्सको पुनः १० अंक कटौती गरिएको छ । विगतमा खेलाडी सरुवामा नियम मिचेको भन्दै पुनः १० अंक कटौती गरिएको जनाएको छ ।

युभेन्ट्सलाई गत जनवरीमै यही मामिलामा कारवाही स्वरुप १५ अंक घटाइएको थियो । तर इटालीको सर्वोच्च खेलकुद अदालतले अप्रिलमा उक्त निर्णयलाई उल्ट्याएर मुद्दालाई पुनः जाँच गर्न आदेश दिएको थियो ।

इम्पोलीमा टोली ४–१ ले पराजित हुनुअघि नयाँ निर्णय घोषणा गरिदा त्यसको असर इम्पोलीविरुद्धको खेलमा देखिएको थियो । १० अंक घटाइएसँगै युभेन्ट् युरोपेली छनोटको स्थान बाहिर सिरी ए को सातौं स्थानमा झरेको छ ।

नेपोलीले सिरी ए को उपाधि जितिसकेको छ । सोमबारको निर्णय अघि दोस्रो स्थानमा रहेको युभेन्ट्स नेपोलीभन्दा १७ अंकले पद्धि थियो । युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले यो अनौठो अवस्था र खेल सुरु हुनुभन्दा १० मिनेटअघि आएको र त्यसको असर खेलमा परेको बताएका छन् ।

अप्रिलमा इटालीको ओलम्पिक कमिटी (सीओएनआई) को एक न्यायाधिकरणले इटालियन फुटबल महासंघ (एफआईजीसी) पुनरावेदन अदालतबाट युभेन्ट्सको १५ अंक खोस्ने निर्णय खारेज गरेको थियो ।

क्लबका अधिकारीहरू पाओलो गारिम्बर्टी, एसिया ग्राजियोली भेनियर, क्याटलिन मेरी ह्युजेस, ड्यानिएला मारिलुङ्गो, फ्रान्सेस्को रोन्काग्लियो र एनरिको भेलानोसँगै नेदवेदलाई अहिले सफाइ दिइएको छ ।

पूर्व अध्यक्ष एन्ड्रिया एग्नेली, पूर्व प्रमुख कार्यकारी माउरिजियो अरिभाबेने र खेल निर्देशकहरू फेडेरिको चेरुबिनी र फाबियो पाराटिसीलाई दिइएको लामो प्रतिबन्ध कायम गरिएको छ ।

सोमबार इम्पोलीमा भएको हारले युभेन्ट्सले च्याम्पियन्स लिगको अन्तिम स्थानमा कब्जा जमाएको एसी मिलानसँग दुई खेल खेल्न बाँकी रहेको र आइतबार युभेन्ट्सको आयोजक मिलानभन्दा पाँच अंकले पछाडि परेको छ ।

61 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal