च्याम्पियन बार्सिलोना रियल भाल्लाडोलिडसँग स्तब्ध

२०८० जेष्ठ १० गते, बुधबार

काठमाडौं । स्पानिस ला लिगाको च्याम्पियन बनिसकेको बार्सिलोना रियल भाल्लाडोलिडसँग स्तब्ध बनेको छ । ला लिगाको च्याम्पियन बनेपछि बार्सिलोनाको यो लगातार दोस्रो हार हो । यसअघि बार्सिलोना रियल सोसिडाडसँग पराजित भएको थियो । भाल्लडोलिडले घरेलु मैदानमा पहिलो हाफमा आत्मघाती गोल र पेनाल्टी गोलमा २–० को अग्रता बनाएको थियो ।

खेलको दोस्रो मिनेटमै बार्सिलोनाका आन्द्रेस क्रिस्टेनसनले आत्मघाती गोल गरेका थिए । २२औं मिनेटमा साइल लारिनले पेनाल्टीमा गोल गर्दै भाल्लाडोलिडको अग्रता दोब्बर पारे । ७३औं मिनेटमा गोन्जालो प्लाटाले गोल गरेपछि भाल्लाडोलिडले ३–० को अग्रता बनायो । बार्सिलोनाका लागि रोवर्ट लेवान्डोस्कीले ८४औं मिनेटमा एक गोल मात्र फर्काए ।

जारी सिजन बार्सिलोनाको यो चौथो हार हो । बार्सिलोनाको ३६ खेलबाट ८५ अंक छ । उता रेलिगेसनबाट बच्न संघर्षरत भाल्लाडिलडलाई यस जितले राहत मिलेको छ । ३६ खेलबाट ३८ अंक जोड्दै भाल्लाडिलड १७औं स्थानमा छ । रेलिगेसन जोनमा रहेको गेटाफेभन्दा भाल्लाडोलिड ३ अंकले अघि छ ।

49 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal