५ जना जुवाडे पक्राउ

२०८० जेष्ठ १० गते, बुधबार

काठमाडौँ । काठमाडौँबाट ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित ओखलढुङ्गा लिखु गाउँपालिका घर भएका ३१ वर्षीय होमबहादुर पौडेलको डेरा कोठामा जुवातास खेलिरहेको अवस्थामा पौडेलसमेत पाँच जनालाई पक्राउ गरेको छ ।

उनीहरूलाई नगद १ लाख ५४ हजार रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

40 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal