जीप दुर्घटना अपडेट स् गम्भीर ४ जनालाई हेलिकप्टरबाट नेपालगन्ज पठाइयो

२०८० जेष्ठ ११ गते, बिहीबार

काठमाडौँ । रुकुम पश्चिममा आज बिहान भएको जीप दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन् । जिपमा चालकसहित १५ जना रहेको र तीमध्ये ८ जना गम्भीर घाइते भएका हुन् ।

गम्भीर घाइतेमध्ये ५ जनाको अवस्था अचेत रहेको छ । सानीभेरीका कर्णबहादुर बाठा मगर र देउचन खत्री, प्रसिद्ध कुसारी, अनिता केसी, ललित बाठा मगर, प्रेम बाठामगर, बाँफिकोट–८ का रेखा खत्री र उहाँका छोरा रोशनको अवस्था गम्भीर रहेको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।

तीमध्ये चार जना प्रसिद्ध, अनिता, ललित र प्रेमलाई थप उपचारका लागि सेनाको हेलिकप्टरबाट नेपालगञ्ज रिफर गरिएको छ । अरु घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ ।

36 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal