मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
२०८० जेष्ठ १४ गते, आईतवार

रोल्पा । जिल्लाको सुनिलस्मृति गाउँपालिका–२, चतुर्भुज मोडमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार शनिबार साँझ साढे ६ बजे लु ८७ प २०६८ नम्बरको मोटरसाइकल स्टार्ट गरेर घुमाउने क्रममा सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना हुँदा चालक प्युठानको स्वर्गद्वारी नगरपालिका–८, धनचौरका १६ वर्षीय सागर सापकोटाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारको क्रममा शनिबार बेलुकी सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
12 Views