थप ७ जनामा कोरोना संक्रमण पुष्टि, ६ जना डिस्चार्ज

२०८० जेष्ठ १६ गते, मंगलवार

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या १० लाख ३ हजार ३४७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २८ जना रहेका छन ।

मन्त्रालयका अनुसार ६ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ९१ हजार ६३ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार ३१ जना रहेको मन्त्रालयले जनाएको छ ।

28 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal