अरिङ्गालले टोकेर एक जनाको मृत्यु

२०८० श्रावण ३० गते, मंगलवार

गुल्मी। गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मुसिकोट नगरपालिका–४ का २१ वर्षीय शैलेससिंह ठकुरीको मृत्यु भएको हो । सोमबार बेलुका साथिहरुसँग देविस्थान सामुदायिक जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गागालको गोलो पोल्ने क्रममा उनलाई अरिङ्गालले टोकेको थियो ।

अरिङ्गालको टोकाइबाट घाइते भएका उनी सोमबार राति उनी घरमै बसे । आज बिहान आफन्तले गुल्मी अस्पताल पुर्‍याएका थिए । उनको उपचारका क्रममा आज बिहान सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

41 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal