ल्यावका कर्मचारी नहुँदा प्राथमिक स्वास्थ केन्द्र ठाडामा सेवाग्राहीलाइ मर्का

२०८० आश्विन २६ गते, शुक्रबार

अर्घाखाँची । शितगंगा नगरपालिकाको प्रमुख स्वास्थ केन्द्र प्राथमिक स्वास्थ केन्द्रको कमजोरीका कारण बिरामीहरु मर्कामा परेका छन । पछिल्लो समय अस्पतालमा स्क्रपटाएपस तथा डेंगीका बिरामी बढी रहेको र बिरामी भर्ना समेत भइरहेको अबस्थामा पछिल्लो समय बिरामी आए पछि ल्यावमा कर्मचारी नहुँदा बिरामी हरु प्राइभेटमा चर्को मुल्य तिरेर परिक्षण गर्न बाध्य भएका छन भने केही बुटवल कपिलबस्तु लगायतका स्थानमा जान नगरपालिकाले बाध्य बनाएको छ ।

यता अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष चिन्ताराज अधिकारीले खाली रहेको पदमा दक्ष कर्मचारी नियुत्ती गर्न पटक पटक नगरपालिकामा अनुरोध गरे पनि सुनुवाइ नभएको गुनासो गर्नु भयो बिभिन्न स्थानबाट ल्यावमा र्कमचारी आउन तयार रहेको अबस्थामा समेत नगरपालिकाले नियुत्ती गर्न नखोज्दा सयौ स्थानिय प्रभाबित भएका छन भने बुटवल सम्म जान बाध्य नगरपालिकाले पारेको छ । ल्यावमा अहिले १ जना मात्र कर्मचारी हुँदा कामको चाँप बढेको छ ल्यावमा अहिले गणेश पाण्डे मात्र रहँदा कामको लोड बढेको छ भने रिर्पोटको लागि घण्टौ कुर्नु पर्ने बाध्यता सेवाग्राहीमा छ ।

अस्पतालमा कहिले औषधीको अभाव रहन्छ त कहिले डाक्टरको अहिले डाक्टर नियमित रहे पनि औषधीको पनि अभाव छैन तर अहिले मौषमी बिरामीले अस्पतालमा दैनिक २०० जना सम्म बिरामी आउने गरेका छन । बिरामी आउने अधिकांसको ल्याप परिक्षण गर्नु पर्ने बिरामी हुन्छन तर ल्यावमा कर्मचारीको अभावले सेवा प्रभाबित हुँदा नगरपालिका प्रमुखले चाँसो नदिएको गरिव जनताको मर्का नबुझेको सेवाग्राहीको गुनासो छ ।

39 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal