भोलिदेखि कपिलवस्तुको बाणगंगामा ‘साइकल प्लाङक ब्यालेन्स’ को दोस्रो संस्करण हुँदै

२०८० आश्विन २६ गते, शुक्रबार

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा भोलि ‘साइकल प्लाङक ब्यालेन्स’ (पानी माथि ट्रयाक बनाएर खेलिने खेल) हुँदै छ । गत वर्ष नेपालमै पहिलो पटक यस्तो खेल आयोजना गरेर ख्याती कमाएको लायन्स क्लव अफ कपिलवस्तुले भोलि देखि उक्त प्रतियोगिताको दोस्रो संस्करण गर्न लागेको हो । जिल्लामा खेलकुद सङ्गै पर्यटनको विकास गर्नको लगि यस प्रतियोगितालाई निरन्तरता दिएको आयोजकले जनाएको छ ।

भोलिदेखि बाणगंगा नगरपालिका ३ राजापानीमा हुने उक्त खेलको लागि करिब सम्पुर्ण तयारी पुरा भएको क्लबका अध्यक्ष ओम प्रकाश घिमिरे ले बताउनु भएको छ । प्रतियोगितालई थप रोचक बनाउनको लागि विश्व साइकलयात्री अजित बराल राजापानीमा आइसकेको उहाँले हामि सङ्ग बताउनु भएको छ ।

खेलको लागि आवश्यक टिसर्ट, हेलमेट, लाइफ ज्याकेट लगायतका सुरक्षाका सामाग्री, पिउने पानी, साइकल नहुनेका लागि साइकल क्लवले नै व्यवस्थापन गर्ने खेल संयोजक विष्णु प्रसाद घिमिरेले जानकारी दिनुभयो । खेलको क्रममा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सहभागीको सुरक्षाको लागि नेपाल प्रहरी, लायन्स र लियो क्लवका युवाहरुको टोली, एम्बुलेन्स, स्वास्थ्य सामाग्री लगायतको व्यवस्था गरिने पनि उहाँले बताउनु भएको छ ।

बिहान ९ बजेबाट सुरु हुने प्रतियोगिता दर्शकले निशुल्क रुपमा हेर्न पाउने छन । प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्धितिय हुनेले २५ हजार र तृतियले १५ हजार र सान्त्वना हुनेलेसम्मान स्वरुप पुरस्कार प्राप्त गर्नेछन् । गत वर्ष प्रतियोगितामा ९ लाख खर्च भएको र यस वर्ष १३ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।

35 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal