कपिलवस्तुमा लागु औषध सहित चार जना पक्राउ

२०८० कार्तिक १ गते, बुधबार

कपिलवस्तु । ईलाका प्रहरी कार्यालय पिपराले पछिल्लो समय लागु औषध कारोबारीलाई धमाधम पक्राउ गर्न थालेको छ । बाणगंगामा गम्भिर समस्याको रुपमा रहेको लागु पदार्थ दुव्र्यसनी लाई रोक्नको लागि विशेष अप्रेसन नै चलाएर कारोबारी र प्रयोगकर्ता लाई पक्राउ गरिरहेको पिपरा प्रहरी प्रमुख प्रहरी निरिक्षक गोपाल रायमाझीले बताउनु भएको छ ।

यसैबिच पिपरा प्रहरीले लागु औषध कारोबार गरेको आरोपमा ४ जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ । हिजो विशेष सुचनाको आधारमा उनीहरुलाई लागु औषध सहित पक्राउ गरिएको पिपरा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. ६ चन्द्रनगर बस्ने ३६ वर्षिय युगल भट्टराई रहेका छन । उनी बा २० च ९८३२ नं.को कार चालएर आउँदै गर्दा बाणगंगा ११ ओदारी प्रोजेक्ट टोल बाट पक्राउ परेका हुन ।

त्यस्तै युगलले चलाएको कारमा सवार रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरका ३५ वर्षिय डम्बर बहादुर सारु, देवीनगर कै ३२ वर्षिय सुनिल दर्लामी र बुटवल उपमहानगरपालिका वडा नं.१३ वुद्धनगरका ३५ वर्षिय राजु रास्कोटी मगर लाई पक्राउ गरिएको प्रहरी प्रमुख रायमाझीले जानकारि दिनुभएको छ।

त्यस्तै उनीहरुको साथबाट रु ७ हजार ३ सय समेत बरामद गरिएको र पक्राउ परेकाहरुलाई पक्राउ पुर्जी जारी गरि अदालतबाट स्वीकृत लिई हिरासतमा राखिएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निक्षिक गोपाल जंग रायमाझीले जानकारी दिनुभयो ।

34 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal