राष्ट्रिय स्वतन्त्र पार्टी सभापति लामिछाने २०८४ सालको चुनावमा पुराना पार्टीलाई एकै पटक ‘बाईबाई’ गर्नुपर्छ

२०८० कार्तिक ११ गते, शनिबार

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ सालको चुनावमा सबै राजनीतिक दललाई पराजित गर्ने दाबी गर्नुभएको छ ।

आज शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा सभापति लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले नयाँ दलका रूपमा २१ जना सांसद सदनमा आउँदा समेत कुनै पनि राजनीतिक दलले नागरिकका लागि काम नगरेको बताउनुभयो । दिनदहाडै हत्या गर्नेहरूलाई संविधान दिवसका दिनमा मुक्ति दिएर नयाँ दल र नागरिकलाई के गर्नसक्छौँ गर भन्ने चुनौती दिएको उहाँको भनाइ छ । सभापति लामिछानेले २०८४ मा पुराना पार्टीलाई एकै पटक ‘बाईबाई’ गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नयाँ दलका रूपमा २१ जना सांसद सदनमा आएका छन् । पालिकामा एक सय एक होनहार मानिस आएका छन् । तैपनि दिनदहाडै मान्छे काट्नेलाई संविधान दिवसका दिनमा मुक्ति दिएर ल के गर्न सक्छौँ भनेर हामीलाई ठाडै चुनौती दिए । भ्रष्टाचारका फाइल खोल्ने भन्दै तर्सिएर बन्द गरेका छन् । तपाईँहरूको आवाज त्यति सुनिएन भनेर कहिलेकाहीँ केहीले भन्ने गर्नुहुन्छ । चर्को बोल्नुपर्छ भन्नुहुन्छ । कति दरो बोल्ने, के भन्ने रु अब ठूलो स्वर गर्ने, दबाब दिने होइन । २०८४ मा एकै पटक बाईबाई गर्ने, एउटा सिट पनि नदिने । एकरदुई सिट दिनुपर्छ, पुराना पार्टी हुन् भन्ने लाग्छ भने के तपाईँ थप वाइडबडीमा भ्रष्टाचार भएको हेर्न चाहनुहुन्छ रु नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेचेको अझै हेर्न चाहनुहुन्छ रु’

सभापति लामिछानेले नेपालीको सुनौलो भविष्य भन्ने दल र नेताहरूले आफ्ना मानिसका लागि सुनैसुनको महल खडा गरेको बताउनुभयो ।

41 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal