झापामा करेन्ट लागेर दुईजनाको मृत्यु

२०८० कार्तिक २२ गते, बुधबार

झापा । झापाको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर एकै दिन दुईजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार दिउँसो दमक नगरपालिका–३ स्थित खोल्सीमा निर्माण भइरहेको पूलमा काम गर्ने मजदूर भोजपुर नगरपालिका–११ का ४५ वर्षीय चंखबहादुर सार्कीको मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको छ। मंगलबार नै कनकाई नगरपालिका–३ मा घरमा टिनको छाना लगाउने क्रममा कनकाई–६ का ३६ वर्षीय रामकुमार श्रेष्ठले बोकेको रडले बिजुलीको तारमा छोएपछि करेन्ट लाग्दा श्रेष्ठको मृत्यु भएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका सार्कीको उर्लाबारीस्थित अरनिको अस्पतालमा र श्रेष्ठको बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

21 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal