नेपाल यू १९ एसिया कपको समूह चरणमा भारत र पाकिस्तानसँग खेल्ने

२०८० कार्तिक २२ गते, बुधबार

यू -१९ एसिया कप २०२३ को खेल तालिका सार्वजनिक गरिएको छ। एसियन क्रिकेट काउन्सिल ९एसिसी० का अनुसार नेपाल समूह ‘ए’ मा परेको छ।

नेपालसहित समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन्। अर्को समूहमा बंगलादेश, श्रीलंका, युएई र जापान छन्।

नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर २२ मा दुबईको आइसिसी एकेडेमी ओभल-२ मा खेल्नेछ।दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ र समूहको अन्तिम खेल भारतसँग मंसिर २६ मा खेल्नेछ।समूहका दुई शीर्ष टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुस १ मा हुनेछ।

नेपालले सन् २०२४ को जनावरीमा श्रीलंकमा यू-१९ विश्वकप खेल्दैछ। त्यसअघि नेपालले एसिया कप खेल्न लागेको हो।नेपालले यसअघि मलेसियामा भएको एसिसी प्रिमियर कप जितेर एसिया कपमा स्थान पक्का गरेको थियो।

43 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal