१४ औं कपिलवस्तु महोत्सव मंसिर २१ गतेदेखि बुद्ध रंगशालामा हुने: डान्स आइडल प्रथम हुनेलाई १ लाख २१ हजार बढी पुरस्कार

२०८० कार्तिक २३ गते, बिहीबार

कपिलवस्तु । १४ औं कपिलवस्तु महोत्सव अन्तर्गत आयोजना हुने १२ औँ कपिलवस्तु डान्स आइडलको तयारी सुरु भएको छ । आइडलको कार्तिक २६ गते विहान १०ः०० बजेदेखि हुने भएसँगै तयारी तीव्र भएको हो । आगामी मंसिर २१ गतेदेखि पुष १ गतेसम्म चारनम्बरको जितपुर बुद्ध रंगशालामा हुने महोत्सवको बिशेष प्रस्तुतिको रुपमा रहेको कपिलवस्तु डान्स आइडलमा सहभागिताका लाग फर्म खुलेको डान्स आइडल संयोजक खड्क बहादुर क्षेत्रीले जानकारी दिए ।

क्षेत्रीले डान्स आइडललाई विशेष र एतिहासिक बनाउने गरी आफूहरु लागेको शैक्षिक संस्था, डान्स एकेडमी, विभिन्न क्लब लगायत इच्छुकले आयोजक बाणगंगा वेयलफेयर सोसाइटीको कार्यालयमा सम्पर्क गर्न आग्रह गरे । अइडलको अडिसन क्लबको भवनमा हुने आयोजकले जनाएका छन् ।

आइडलमा प्रथम हुनेलाई १ लाख २१ हजार १ सय २१ रुपैयाँ, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सान्तवनालाई समेत पुरस्कारको व्यवस्था गरिएको क्षेत्रीले बताए ।

यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सवले र कला संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान गर्दै आएको छ ।

42 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal