महोत्तरीबाट ५ बालिका बेपत्ता

२०८० कार्तिक २३ गते, बिहीबार

महोत्तरी । जनकपुरधाम महोत्तरीबाट पाँचजना किशोरी बेपत्ता भएका छन्। महोत्तरीको औरही नगरपालिका–२ का १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए।

मल्लका अनुसार उनीहरु गत मंगलबार दिउँसो साढे ११ बजेदेखि एकैसाथ घरबाट निस्केको तर फर्केर नआएको परिवारले जानकारी दिएका छन्।

पाँचै जना किशोरी योजना बनाएरै निस्केको हुनसक्ने प्रहरीको अनुमान छ। तर उनीहरु कुन लोकेसनमा छन् भन्ने थाहा हुन नसकेको र खोजी जारी रहेको प्रहरीको भनाइ छ।

34 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal