अरिङ्गालले टोकेर एक जनाको मृत्यु

२०८० मंसिर १० गते, आईतवार

काठमाडौं। इलामको देउमाइ नगरपालिकामा अरिङ्गालले टोकेर एक जनाको ज्यान गएको छ।

देउमाइ नगरपालिका–९ मादेबुङका ४५ वर्षीय खम्बासिंह पिठा कोटे मगरलाई दुई दिन अघि घर नजिकै बारीमा रहेको रुखमा रहेको अरिङ्गालले टोकेको थियो।

अरिङ्गालले टोकेर घाइते भएका मगलाई उपचारका लागि झापाको विएण्डसी अस्पताल लगिएको थियो।

उपचारकै क्रममा मगरको शनिबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ।

33 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal