लागु औषधसहित बाणगंगाबाट २ जना पक्राउ

२०८० मंसिर १४ गते, बिहीबार

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाबाट लागु औषध सहित २ जना पक्राउ परेका छन् । बुधवार कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं। ३ कर्महना स्थित ४ नं।जितपुर–तौलिहवा सडक खण्डमा चल्ने सवारी चेकजाँचको क्रममा लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित २ जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

पक्राउ पर्नेमा वाणगंगा नगरपालिका वडा नं १ बस्ने वर्ष अन्दाजी बर्ष ३० को विजय राईले चलाएको लु १८ प ५५०८ नम्बरको मोटरसाईकल रोकी चेकजाँचको क्रममा सोहि मोटरसाईकल पछाडि सवार वडा नम्बर २ बस्ने वर्ष अन्दाजी ३४ को दिनेश घिमिरेको साथबाट लागु औषध (ब्राउन सुगर) जस्तो पदार्थ फेला परेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक गोपाल जंग रायमाझीले जानकारी दिनुभयो ।

उनीहरुलाई कानुन बमोजिम पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप भई हिरासतमा राखिएको र थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालयको प्रमुखमा प्रहरी निरिक्षक रायमाझी आएसंगै लागु औषध सेवनकर्ता र ओसापोसार गर्ने व्यक्तिहरु धमाधम पक्राउ परिरहेका छन् ।

28 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal