एसिया कप क्रिकेटमा आज नेपालले पाकिस्तानसँग खेल्दै

२०८० मंसिर २२ गते, शुक्रबार

काठमाण्डौ । एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेट खेलमा आज देखि संयुक्त अरब इमिरेट्स (.यूएई) मा शुरु हुँदैछ ।

प्रतियोगिताअन्तर्गत नेपाली युवा क्रिकेट टोलीले पहिलो खेलमा आज पाकिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे शुरु हुनेछ । आजै अर्को खेलमा अफगानिस्तान र भारत पनि खेल्दैछन् ।

प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् । यो प्रतियोगिताको सबै खेलको लाइभ एसीसीको युट्युब च्यानलमा हेर्न सकिनेछ ।

37 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal