आज शुक्रबार १४ औं कपिलवस्तु महोत्सवमा अन्तराष्ट्रिय रेसलिङ्ग प्रतियोगिता र अनु चौधरीसँगै यी कलाकार आउने

२०८० मंसिर २२ गते, शुक्रबार

कपिलवस्तु । एक विशेष समारोहकाबीच बिहीबारबाट सुरु भएको १४ औं कपिलवस्तु महोत्सवमा शुक्रबार २२ गते अन्तर्राष्ट्रिय रेसलिङ्ग प्रतियोगिता, गायिका अनु चौधरी, प्रिन्स लम्साल, रमेश निर्दोश, संगिता चितौरीको प्रस्तुती रहने भएको छ । रेसलिङमा नेपाल र भारतका अन्तराष्टिय खेलाडीसँग प्रतियोगिता हुने आयोजकले जनाएका छन् ।चभकभिच।वउन

बाणगंगाको बुद्धरंगशालामा जारी महोत्सवमा शुक्रबार स्थानिय कलाकार १२ औं कपिलवस्तु डान्स आइडलमा टप १३ मा पर्न सफल प्रतियोगीहरुको समेत प्रस्तुति रहने डान्स आइडल संयोजक खडक क्षेत्रीले बताए ।चभकष्लिन।वउन

महोत्सवमा पहिलोपटक रेस्लिङ प्रतियोगिता पनि हुँदैछ यस प्रतिगोगिताले लुम्बिनी प्रदेशभर चर्चा बटुलेको छ । महोत्सवमा रेस्लिङ इतिहासमै पहिलो भएको हुनाले धेरैले प्रतिक्षा गरेर बसेका छन् । महोत्सवको बिहीबार भव्य सव्य समारोहकाबीच माननीय चन्द्र भण्डारीले गरी सकेका छन् ।

४ औं कफिलवस्तु महोत्सवका आकर्षकहरु

१२ औैं कपिलवस्तु डान्स आइडल, चर्चित अन्तर्राष्ट्रिय खेलाडीको रेसलिङ प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, मुक्तिनाथ मन्दिरको गेट र भिडियो जोन, वक्तृत्वकला प्रतियोगिता, आइटी तथा अटो क्षेत्रको प्रदर्शनी, बाल उद्यान, लुम्बिनीमा रहेको शान्ति दीप, विभिन्न झाँकी प्रदर्शनी तथा अन्य आकर्षकहरु महोत्सवका प्रमुख आकर्षकहरु हुन ।

यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सवले र कला संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान गर्दै आएको छ । बाणगंगा वेयलफेर सोसाइटी बाणगंगाको चर्चित र पुरानो सामाजिक कार्यमा क्रियाशील क्लबको रुपमा आफ्नो छुट्टै छवि बनाएको छ ।

37 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal