राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदै

२०८० पुष १ गते, आईतवार

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदै छ। 

धुम्बाराहीस्थित एसआर बैंक्वेटमा बिहान ९ बजे बैठक सुरु हुने पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए। बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयीक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा छलफलको एजेन्डा पेस गर्नेछन्। 

यस्तै बैठकमा महासचिवले सांगठानिक प्रतिवेदन तथा र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने श्रेष्ठले बताए। यसअघि पार्टीले चलाएको अभियानको समिक्षा गर्दै आगामी आन्दोलनका कार्यक्रम तय गर्ने राप्रपाले जनाएको छ। बैठक पर्सि सम्म चल्नेछ। 

27 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal