कपिलवस्तु उद्योग वाणिज्य संघको निर्वाचनमा रास्वपाले कंडेल नेतृत्वको प्यानलले नै उम्मेद्वारी दिने

२०८० पुष ११ गते, बुधबार



कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघको आउनै लागेको अधिवेशनमा रास्वपाले कंडेलको नेतृत्वमा प्यानलले नै उमेद्धारी दिने भएको हो । उद्योग वाणिज्य संघको अधिवेशन नजिकिए लगत्तै रास्वपाले प्यानेल नै उमेद्धारी दिने तयारिमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी कपिलबस्तुका जिल्ला संयोजक शिव कुमार सुवेदीले जानकारी दिनुभएको छ ।

वाणगंगा वडा न. ११ का सल्लाहकार संयोजक समेत रहेका सफल व्यावसायिक लक्ष्मण कंडेलको नेतृत्वमा सबै क्षेत्र समेटेर उमेद्धारी दिन लागेको हो । कंडेल अहिलेनै व्यावसायिक हरुको उत्साहजनक साथ र हौसला हेर्दा जित्नेमा निर्धक्क रहेको बताउछन ।

राष्ट्रिय स्वतन्त्र पार्टीस दैब जनताको हकहितमा रहेको र अबको विकल्प भनेकै रास्वपा भएकोले अधिकाशं व्याबसायि हरुले उद्योग वाणिज्य संघकोअबको नेतृत्व रास्वपाले नै लिनुपर्छ भन्ने थियो । सो गुनासोलाई मध्यनजर गदै यो निर्णयमा पुगिएको जिल्ला संयोजकले बताउनु भएको हो । कंडेलको नेतृत्वलाई व्याबसायि हरुले साझा टिम सम्झिएर सहयोग गर्ने र हौसला बढाएकोमा नेतृत्व लिनेमा निर्धक्क रहेको वाणगंगाका नगर संयोजक सफल ब्यावसायि बुद्दि सागर बेलवासेले बताउनु भएको हो ।

51 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal