राष्ट्रिय स्वतन्त्र पार्टी बाणगंगा वडा नम्बर २ को प्रथम ऐतिहासिक अधिवेशन समापन, ५० जना बढि पार्टी प्रवेश

२०८० पुष १४ गते, शनिबार

बिष्णु खरेल,
कपिलवस्तु । केन्द्रको निर्देशन अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी बाणगंगा नगरपालिका वडा नम्बर २ को प्रथम ऐतिहासिक अधिवेशन समापन भएको छ । राष्ट्र निर्माणको सपना बोकेर हिडेको रास्वपाले आज देशको बिभिन्न जिल्लामा केन्द्रीय सद्स्यको प्रमुख आतिथयतामा वडा अधिवेशन गरिरहेको छ ।

जस अन्तर्गत कपिलवस्तुको बणगङ्गा वडा नम्बर २ को अधिवेशन गर्न केन्द्र बाट निर्देशन गरिएको थियो । उक्त अधिवेशनमा आज प्रमुख बक्ता क्रान्तिशिखा आउनेभनिएता पनि मौसम प्रतिकुलताका कारण काठमाडौ भैरहवा वायु उडानहिजो र आज थप्प भएकाले उहाको उपस्थित हुन नसकेको जिल्लासभापति शिव कुमार सुवेदिले जानकारी दिनुभएको हो ।

उक्तकार्यक्रमको खुल्ला सत्रमा स्वागत मन्तब्य वडा न २ का सभापतिखडानन्द न्यौपानेले दिनुभएको थियो । प्रबक्ता कमल प्रसाद पोख्रेलपार्टीको गतिबिधिका बारे मन्तब्य दिनुभएको थियो भने, शुभकामनामन्तब्य बाणगंगा नगर संयोजक बुद्धि सागर वेलबासे, क्षेत्र नम्बर १ काक्षेत्रिय सदस्य बिक्रम थापा, क्षेत्र न. २ का संयोजक मादव पराजुलि,शिबराज नगर संयोजक बालकृष्ण पाण्डेले दिनु भएको थियो ; समापन मन्तब्य जिल्ला सभापति शिबकुमार सुबेदिले गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन रास्वपाका सक्रिय युवा व्यक्ति रमेशचन्द्र भुषालले गर्नु भएको थियो .।पुन बन्द सत्रको कार्यक्रम सचालन जिल्ला सभापति शिबकुमार सुबेदिले गर्नु भएको थियो ।

उक्त बन्द सत्रमा खडानन्द न्यौपानेको संयोजकत्वमा ११ सदस्य कार्य समिती निर्विरोध चयन भएका थिए । सभापतिमा खडानन्द न्यौपाने उपाध्यक्षमा नरेन्द्र चौधरी, सचिवमा विष्णु कुमारी पौडेल, र सदस्यहरुमा क्रमशः जनकराज गौतम, निर्मला खनाल, पुष्पराज सुवेदी, दलव कुवँर, जुना न्यौपाने, भिम बहादुर थापा रहेका छन् भने, दुई जना सदस्य वडा सभापतिले चयन गरेका मध्य दुर्गा वस्याल र रिना बिश्वकर्मा रहेका छन । यसरी ११ सदस्यीय कार्यसमिती गठन गरिएको छ ।साथै RAT समिति पनि आज गठन गरिएको छ ।गोपाल पाण्डेको RAT संयोजकत्वमा ९ जनाको कार्य समिती गठन
गरिएको छ ।

संयोजकमा गोपाल पाण्डे र सदस्यहरुमा क्रमशः टेकनारायण न्यौपाने, रामप्रसाद गैरे, नरेश चौधरी, कविराज मधुराज ढकाल, शंकर प्रसाद चौधरी, रावल के.सी र तिलक न्यौपाने रहेका छन ।साथै वडा सभापतिको संयोजकत्वमा १३जनाको वार्ड परिसद कार्यसमिति समेत गठन गरिएको छ।


उक्त बन्द सत्रमा क्षेत्र न. १ का संयोजक हेमन्त श्रेष्ठले समापन मन्तव्य दिनुभएको थियो । साथै उक्त कार्यसमिति लाई आजै सपथ ग्रहण पनि गराईएको छ । आजै उक्त कार्यक्रममा विभिन्न पार्टी त्याग गरी बाणगंगा नगरपालिका वडा न. २ बाट ५० जना भन्दा बढी रास्वपामा प्रवेश गरेका छन् ।

37 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal