बुटवलमा एक पुरुष मृत अवस्थामा फेला

२०८० चैत्र १५ गते, बिहीबार

रुपन्देही । बुटवलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल उपमहानगरपालिका वडा न.२ स्थित पाखापानीमा रहेको कल्पटमुनि अन्दाजी ३७ वर्षिय सन्तोष सार्की मृत अवस्थामा फेला परेका हुन् ।

बिहीबार बिहान ११ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ । स्थानीयका अनुसार घटना रहस्यमय भएकाले हत्या गरि फालिएको आंशका गरेका छन् ।

18 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal