वाणगङ्गामा एकै ठाउँ २ जना मृत फेला

२०८० चैत्र २५ गते, आईतवार

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गामा २ जना मृत फेला परेका छन । शनिबार बाणगंगा नगरपालिका २ कप्टैयास्थित जङ्गलमा २ जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल जङ्ग रायमाझीले बताउनुभयो।

लालमटिया सामुदायिक वनमा कप्टैयाकै ५० वर्षीय विष्णु प्रसाद घिमिरे र कञ्चन गाउँपालिका ५ निवासी ४५ वर्षीया यमकला राना मृत फेला परेको रायमाझीले बताउनुभयो । शव नजिकै शंकास्पद विषादी फेला परेकोले विष सेवन गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

22 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal