गण्डकीका मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले लिए शपथ
२०८० चैत्र २५ गते, आईतवार
![](https://buddhabatikaonline.com/wp-content/uploads/2024/04/RambahadurThapa_Gandagi_RSS_25_image_50739969.webp)
काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिएका छन् ।
मुख्यमन्त्री अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
अधिकारी एमालेका २२, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीमा आइतबार नियुक्त भएका थिए ।
![](https://buddhabatikaonline.com/wp-content/uploads/2024/04/man-bahadur-sinjapati-copy-1024x1024.jpg)
अधिकारीले मुख्यमन्त्रीको शपथ लिएलगत्तै सत्ता साझेदार माओवादीका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरु ९दीपक मनाङे० लाई विनाविभागीय मन्त्रीका रूपमा नियुक्त गरेर शपथ दिलाएका छन् ।
![](https://buddhabatikaonline.com/wp-content/uploads/2024/04/New-year-2081-1-copy-1024x1024.jpg)
![](https://buddhabatikaonline.com/wp-content/uploads/2024/04/New-year-2081-Ashim-Sir-copy-1024x1024.jpg)
![](https://buddhabatikaonline.com/wp-content/uploads/2024/04/1712390720479-1024x1024.jpg)
22 Views