पाणेनिमा ट्याक्सी दुर्घटना, २ जना बच्चासहित ६ जना घाइते

२०८० चैत्र २८ गते, बुधबार

अर्घाखाँची । अर्घाखाँचीको पाणेनिमा ट्याक्सी दुर्घटना हुँदा २जना बच्चासहित ६ जना घाइते भएका छन्। सुपा देउराली दर्शन गरी कास्कीको पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो।

घुम्ती दुर्गाफाट सडक खण्डको पाणिनी ८ कोलडाँडाको ओरालोमा दुर्घटना भएको पाणिनी गाउँपालिका–८ का अध्यक्ष रोमनाथ पाण्डेले बताए ।

दुर्घटनामा परि २ जना बच्चासहित ६ जना घाइते भएका छन् । गाडी सडकबाट अन्दाजी २०० मोटर तल खसेको थियो । घाइतेहरू कास्की जिल्लाकै रहेको खुलेका छ।

18 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal