वाणगंगामा दलदले खाडलमा दुबेर एक बालकको मृत्यु

२०८० चैत्र २८ गते, बुधबार

कपिलवस्तु । कपिलवस्तुको वाणगंगामा दलदले हिलो भएको खाडलमा दुबेर एक बालकको मृत्यु भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर १० पटनाको बनगवा गाउँमा राजाराम थारुका छोरा बिवान्स थारुको पानी जम्मा भएको खाल्डोमा डुबेर मृत्यु भएको हो।

छिमेकीको घरको आँगनमा खेल्ने क्रममा उक्त खाल्डोमा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

19 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal