चन्दलाई रिहाइ गर्न कांग्रेसको माग

२०७७ पुष १७ गते, शुक्रबार

काठमाडौं । नेपाल कांग्रेसले डिल्लीबहादुर चन्दलाई तत्काल रिहाइ गर्न माग गरेको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरेर कांग्रेसका सदस्य चन्दलाई नेपालगञ्जमा गिरफ्तार गरेर काठमाडौं ल्याइएको घटनाको निन्दा गर्दै तत्काल रिहाई गर्न माग गरेका हुन् ।
‘कोरोनाको महामारी चलिरहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु, सांसद अपहरणको अभियोग लाग्नु, मुद्दा दर्ता नगर्न प्रहरीलाई दबाब दिनु जस्ता घटना भएका बेला एक होइन हजारौं डिल्ली चन्दहरूले घटनाको विरोध गरेर सामाजिक सञ्जालमा लेखेकै हुन्’, विज्ञप्तिमा शर्माले भनेका छन् ।
‘त्यस प्रकृतिको कुनै लेखाइले कुनै पनि ब्यक्तिलाई गाली बेइज्जती गरेको स्थिति हो भने त्यस्तो घटनामा कारवाहीका लागि ०७४ मा जारी गरिएको मुलुकी अपराध संहितामा अलग्गै ब्यवस्था छ’, शर्माले भनेका छन् ।

143 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal