प्रधानमन्त्री ओलीले २३ गते हिन्दुराज्य घोषणा गर्ने !

२०७७ माघ १८ गते, आईतवार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई हिन्दुराज्य बनाउने तयारी गरिरहेको बताएका छन् ।
आइतबार प्रचण्ड–नेपाल पक्षले काठमाडौंको माइतीघरमा आयोजना गरेको धर्नामा सहभागी हुदै पाण्डेले यस्तो बताएका हुन् । उनले भने, सुन्दैछु, ओलीले हिन्दुराज्य बनाउने कोसिसमा छन् । २३ गते हिन्दुराष्ट्र घोषणा गर्दैछन् भन्ने आँकलन पनि गर्न थालिएको छ, सुनिएको छ ।
पाण्डेले अब ओली कम्युनिष्ट नभएको भन्दै अब धर्मका कुरा गरेर जनतालाई अलमलाउने बाटोमा हिडेको आरोप लगाए ।
अहिले आफुहरु नयाँ युद्धमा भएको बताउदै अहिलेको युद्ध महाभारतको युद्ध जस्तै भएको पाण्डेले बताए । महाभारतमा एकै परिवारको विचमा लडाई भएको भन्दै अहिले पनि नेकपा परिवारको बीचमा न्याय र अन्यायबीच लडाई शुरु भएको पाण्डेले टिप्पणी गरे ।

703 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal