बहिष्कार हल्ला गलत, सबैभन्दा अगाडि प्रचण्ड नै पुगे शितलनिवास

२०७७ चैत्र ३ गते, मंगलवार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

उक्त बैठकमा सहभागी हुन प्रचण्ड सबैभन्दा पहिला राष्ट्रपति कार्यालय पुगेका हुन् । ४ बजे बोलाएको चियापान अगावै उनी पुगेका हुन ।

त्यस्तै, नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल भने नजाने भएका छन्।

आफ्नो पक्षको भोलिको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीमा व्यस्त रहने भएकोले बोलाएको सर्वदलीय बैठकमा नेता नेपाल जान नसक्ने उनको सचिवालयले जनाएको छ ।

470 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal