ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

२०७८ कार्तिक २८ गते, आईतवार

धनकुटा । पाख्रीबास नगरपालिका-८ लुम्बुवा टोलस्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाख्रीबास नगरपालिका(७ थाक्लेका २१ वर्षीय टंकबहादुर तामाङ रहेका छन् । शनिबार दिउँसो साढे दुई बजे पाख्रीबासबाट घामेतर्फ जाँदै गरेको को२त १०४३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरको इन्जिनको भागले च्यापेर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

125 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal