६ जुवाडे पक्राउ

२०७८ कार्तिक २८ गते, आईतवार

विराटनगर । विराटनगरबाट सवा एक लाखसहित ६ जुवाडे पक्राउ परेका छन् ।

मोरङ प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१६ भट्टीमोडबाट एक लाख २५ हजार पाँच सय रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको हो ।

स्थानीय लक्ष्मी लामाको घरमा तास खेलिरहेका विराटनगर–१५ का ४३ वर्षीय वसन्त राई र २७ वर्षीय महादेव श्रेष्ठ, विराटनगर–१६ का ४८ वर्षीय पर्वत डङ्गोल र ४८ वर्षीय उमेश दाहाल, विराटनगर–१४ का ३९ वर्षीय अनिल विक र विराटनगर–१३ का ५७ वर्षीय श्याम लामालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई जुवा ऐन २०२० कसुरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ ।

112 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal