धर्मराज पाठक सहित कैलाली ५ बाट सात जना प्रतिनिधि चयन
![](https://buddhabatikaonline.com/wp-content/uploads/2021/11/dharmarajpathak.jpg)
धनगढी । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनका लागि कैलाली क्षेत्र नम्बर ५ बाट सात जना प्रतिनिधि निर्विरोध भएका छन् ।
निर्विरोध हुनेमा जिल्ला उपाध्यक्ष रणबहादुर चन्द, धर्मराज पाठक, जीवन वम, राजेश खाती, डिल्लीराज खड्का, झुमा चौधरी र छाया थापा (सन्तोष) छन् ।
यस्तै मजदूर क्षेत्रबाट देवबहादुर वम, कृष्णराज जोशी, कर्णबहादुर हमाल, जीतबहादुर मल्ल, कमलादेवी देवकोटा, लक्ष्मीदेवी जोशी र शोभा रावल पनि निर्विरोधरुपमा प्रतिनिधि छानिएका छन् ।
अव कैलाली क्षेत्र नम्बर १ बाट दुई महिलासहित पाँच जना, क्षेत्र नम्बर २ बाट दुई महिलासहित आठ जना, क्षेत्र नम्बर ३ मा दुई महिलासहित पाँच जना, क्षेत्र नम्बर ४ बाट दुई महिलासहित सात जना महाधिवेशन प्रतिनिधि छन् ।