चुनावमा गठबन्धन हुन्न, कांग्रेस एक्लै लड्छ: सभापति देउवा

२०७८ कार्तिक २९ गते, सोमबार

काठमाडौँ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा अन्य पार्टीसँग गठबन्धन नगर्ने बताउनुभएको छ ।

आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा सभापति देउवाले नेपाली कांग्रेसले आगामी चुनावमा एक्लै लड्ने बताउनुभयो । चुनावमा तालमेल गर्ने कुनै सहमति नभएकोसमेत सभापति देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आगामी चुनावमा गठबन्धन हुन्न, हामी एक्लै लड्ने हो ।’

प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनले बनाएको राजनीतिक संयन्त्र (समन्वय समिति) राष्ट्रिय सभाको उपनिर्वाचनसम्मका लागि बनाइएको स्पष्ट पार्नुभयो । बैठकमा सभापति देउवाले राष्ट्रिय सभाको उपनिर्वाचनभन्दा उता संयन्त्रले काम नगर्ने स्पष्ट पार्नुभयो ।

देउवानिवास बूढानीलकण्ठमा जारी बैठकमा नेता प्रकाशमान सिंहले राजनीतिक संयन्त्रप्रति प्रश्न उठाएपछि देउवाले यसको जवाफ दिनुभएको हो । गत कात्तिक २२ मा बसेको सत्ता गठबन्धनको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोकत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र ९समन्वय समिति० गठन गरेको थियो । जसको कांग्रेसका नेताहरूले विरोध जनाउँदै आएका थिए।

185 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal