आज शेयर बजार २६ अङ्कभन्दा धेरैले बढ्यो

२०७८ कार्तिक २९ गते, सोमबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज सोमवार बढेको छ । नेप्से आज २६ दशमलव ४४ अङ्कले बढेर दुई हजार सात सय १५ दशमलव ३५ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, उत्पादन, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज दुई सय २८ कम्पनीका ८६ लाख ३६ हजार कित्ता शेयर चार अर्ब ७३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ३५ करोड ४६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज बोटलर्स नेपाल, मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि एभरेस्ट इन्स्योरेन्स कम्पनीको प्रमोटर शेयर र महालक्ष्मी विकास बैंकको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

266 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal