बिक्रम पौडेलको खोजीकार्यमा प्रहरी प्रशासनको लापरवाहि: खोजीकार्यमा प्रशासनले आलटाल गरे विद्रोह गर्ने चेतावनि

२०७८ मंसिर ५ गते, आईतवार

कपिलवस्तु । गत शुक्रबार हराएका शिवराज नगरपालिका ५ चन्द्रौटाका किराना ब्यवसायी बिक्रम पौडेल अझै फेला परेका छैनन् । शुक्रबार हराएका पौडेलले प्रयोग गर्ने मोटरसाइकल शनिबार बिहान करीब ५ बजे बुद्धभूमी ९ बेलनदी नजिक र मोबाइल आइतबार बिहान करीब ८ बेलनदीमै फेला परेपनि पौडेल भने अझै फेला परेका छैनन् ।

पौडेल लामोसमय सम्म पनि फेला नपरेपछि नेकपा एमाले शिवराज नगर कमिटी र चेम्बर अफ कमर्स कपिलवस्तुले विज्ञप्ति जारी गर्दै खोजी कार्यमा परिचालित हुन सबैमा अपिल गरेको छ , नेकपा एमाले शिवराज नगर कमिटीका अध्यक्ष जगतप्रसाद पौडेल र चेम्बर अफ कमर्श कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल द्वारा हस्ताक्षरित छुट्टा छुट्टै बिज्ञप्ति जारी गर्दै ब्यवसायी पौडेलको खोजीकार्यमा लाग्न राजनितिक दल, ब्यवसायी, मानवअधिकारकर्मी र पत्रकार लगायत आम जनसमुदायमा अपिल गरेका छन् ।

विज्ञप्तिमा पौडेलको खोजीकार्यमा तिब्रताका साथ लाग्नुपर्नेमा प्रहरी प्रशसनले हालसम्म कुनै नतिजा दिन नसक्नु, बेला बेलामा हुने चोरी र हत्याले नागरिकको सुरक्षा माथि नै प्रश्न उठेको भन्दै यथासिघ्र ब्यवसायि पौडेलकोको अवस्था सार्वजनिक गर्न प्रहरी प्रशासन लाई आग्रह गरीएको छ ।

विज्ञप्तिमा प्रहरी प्रशासनले आलटाल गरे जनताले विद्रोह गर्ने र त्यस बाट हुने क्षतिको भागिदार स्वयं प्रहरी प्रशासन हुने छ , विज्ञप्तिमा भनिएको छ ।

380 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal