सुर्खेतमा विश्व सम्झना दिवसको अवसरमा दीप प्रज्वलन

२०७८ मंसिर ६ गते, सोमबार

खगेन्द्र हमाल, सुर्खेत । कर्णालि प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा विश्व सम्झना दिवस भब्य रुपमा मनाईएको छ । सडक दुर्घटनामा ज्यान गुमाएका स्वर्गीय आत्माहरु एवम् सम्पूर्ण पिडित हरुप्रति समर्पित रहेर बिस्व सम्झना दिवसको अवसरमा “सुरक्षीत र दिगो यात्रा , नेपालू तथा मध्य-पश्चिम बिस्वबिध्यालय बिचको सहकार्यमा दीप प्रज्वलन कार्यक्रम मध्य-पश्चिम बिस्वबिध्यालय सुर्खेतमा सम्पन्न भयको छ ।


उक्त कार्यक्रममा मध्यपश्चिम बिस्वबिध्यालय इन्जिनियर केन्द्रीय क्याम्पसका क्याम्पसका क्याम्पस प्रमुख सोनालाल यादव सहित अन्य प्राध्यापक तथा बिधार्थी हरुको सहभागिता रहेको थियो । बिश्वमा हरेक वर्ष १.३ मिलियन ( १३ लाख) मान्छेले सडक दुर्घटनामा ज्यान गुमाई रहेका छन् । नेपालमा पनि २०७७/७८ को तथ्यांक अनुसार २५०० जनाले ज्यान गुमाएका छन् ।


कर्णाली प्रदेशमा पनि दिन प्रति दिन सडक दुर्घटना बढिरहेको अवस्थामा आम मानिसमा जनचेतना जगाउने, दिबंगत आत्माहरु लाई सम्झिनु(श्रदान्जली प्रकट गर्नु) तथा घाइते हरुको सिग्र स्वास्थ्य लाभको कामना गर्नु उक्त कार्यक्रमको मुख्य उदेश्य रहेको थियो ।

326 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal