काँग्रेस अधिवेशन: मतगणनास्थलमा गोली चल्यो

२०७८ मंसिर ७ गते, मंगलवार

प्युठान । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणनास्थलमा गोली चलेको छ । मतपरिणाममा असन्तुष्टि जनाउँदै युवाहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको जनाइएको छ ।

मंगलबार राति मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा काँग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक लेखनाथ जिसीले बताए ।

प्रदर्शनसँगै झडपले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड गोली चलाउनुका साथै सात सेल अश्रु ग्यास समेत प्रहार गरेको छ । यद्यपि गोली कसैलाई लागेको छैन ।

यसैबीच झडपका क्रममा दुई प्रहरी सहित कम्तिमा ७ जना घाइते भएका छन् । अहिले स्थिति नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।

430 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal