किसानलाई राहत दिदैं मायादेबी गाउँपालिका

२०७८ मंसिर ७ गते, मंगलवार

शत्रुघन खरविन्द, कपिलवस्तु । कपिलवस्तुको मायादेबी गाउँपालिकाले दैबि प्रकोप बाट पिडित किसानहरुको घाउमा मलहम लगाउने कार्य गरेको छ ।

अबिरल बर्षा तथा दैबिक प्रकोपका कारणले घर , बालीनाली ,माछा चौपयालाई क्षती भएको किसानहरुलाई क्षति अनुसारको सक्दो राहत स्वरुप सम्बोधन गरेको छ । पालिकाले २०७८ भदौ २० गते प्रकाशन गरेको सुचना अनुसार धानबालीमा बर्षाले क्षति पुर्याएका किसानहरुलाई राहत स्वरुप पालिकाले आन्तरिक श्रोत बाट प्रतिकिसान ४० किलो दरले गहुँ राहत दिएको हो ।

बिजया, एन.एल,भृकुटी र आदित्य जातको गहुँ पिडित किसानहरुलाई बितरण गरिएको कुरा मायादेबी कृषि सेवा शाखाका कृषि प्राबिधिक बाल कृष्ण बरईले बताउनु भएको छ । उक्त राहत पालिका भित्रका वास्तविक पिडित २ सय ५३ जना किसानहरुलाई बितरण गरिएको हो ।

151 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal