तराई जिल्लामा बिहान बाक्लो हुस्सु, दिउँसो धेरै ठाउँमा पारिलो घाम लाग्ने सम्भावना

२०७८ पुष ५ गते, सोमबार

काठमाण्डौ । केही दिनयता तराईका जिल्लामा बाक्लो हुस्सु, कुहिरो लाग्न थालेको छ । बिहान बाक्लो हुस्सु लागे पनि दिउँसो पछि घाम लाग्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो ।

बाक्लो हुस्सु, कुहिरोका कारण तराईको जनजीवनमा असर पर्न थालेको छ । चिसोले बिहान बेलुका घर बाहिरको काम गर्न नै कठिन हुने गरेको छ ।

यस्तै, अहिले काठमाण्डौ उपत्यकासहित केही पहाडी जिल्लामा पनि कुहिरो लागेको छ । अहिले कुहिरो लागे पनि बिस्तारै हटेर घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद्काअनुसार आज पनि देशका धेरै ठाउँमा हिजो जस्तै पारिलो घाम लाग्ने सम्भावना छ । अबको केही दिन बिहान/बेलुका चिसो बढे पनि दिउँसोको समयमा घाम लाग्ने मौसमविद्ले बताएका छन् । काठमाण्डौको बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

305 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal