महासचिव पोखरेलेको प्रश्न– आफ्नो दृष्टिकोण बनाउन नसक्ने गठबन्धन किन सरकारमा छ?

२०७८ पुष ५ गते, सोमबार

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको गठबन्धनको सरकार आफ्नो दृष्टिकोण समेत बनाउन नसक्ने अवस्था रहेको बताउनुभएको छ । दाङको घोराहीमा प्रेस चौतारी नेपालको ९औँ जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै पोखरेलले राष्ट्रका मामलामा आफ्नो दृष्टिकोण बनाउन नसक्ने गठबन्धन किन सरकारमा छ भन्दै प्रश्न गर्नुभएको छ । एमसिसि जस्तो मामलामा सरकारले आफ्नो दृष्टिकोण बनाउन नसकेर प्रतिपक्षको आश गरेर बसेको पनि उहाँले बताउनुभयो ।

लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनुभएका पोखरेलले एमसिसिका मामलामा सरकारको दृष्टिकोण के हो? भन्दै प्रश्न पनि गर्नुभएको छ । पोखरेलले राष्ट्रका हेरेक नयाँ मुद्दामा गठबन्धन सरकारले निर्णय गर्न नसकेको भन्दै दृष्टिकोण बनाउन नसक्ने गठबन्धन सरकार बस्न नसुहाउने दाबी गर्नुभयो ।

302 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal