एमालेले प्रदेश २ को नाम ‘जनक’ प्रस्ताव गर्ने

२०७८ पुष ८ गते, बिहीबार

धनुषा । नेकपा एमालेले प्रदेश २ को नाम ुजनकु प्रस्ताव गर्ने भएको छ । प्रदेश सभा बैठकमा प्रदेशको नाम प्रस्ताव गर्ने तयारी गरेकी एमाले सांसद शारदा थापा अनुपस्थित भएपछि प्रदेश सभाका कार्यसूचीबाट नेकपा एमालेको प्रदेशको नाम प्रस्ताव हटाइएको थियो ।

बिहीबार प्रदेश सभा बैठकमा प्रदेशको नाम प्रस्ताव गर्न नसेपनि शुक्रबार संसद् सचिवालयमा प्रदेशको नाम जनक दर्ता गराउने सांसद थापाले बताइन् ।

पर्सामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यक्रम भएका कारण आफू बैठकमा सहभागी हुन नसकेको उनले जनाइन् ।

283 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal